नुवाकोटको ७ स्थानीय तहको नतिजा सार्वजनिक

नुवाकोटको ७ स्थानीय तहको नतिजा सार्वजनिक

नुवाकोट । नुवाकोटको १२ स्थानीय तह मध्य ७ स्थानीय तहको नतिजा सर्वजनिक भएको छ । किस्पाङ गाउँपालिकामा नेकपा एमाले, ककनीमा माअाेवादि केन्द्रले जित हात पारेको छ भने अन्य ५ वटामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ ।

तार्केश्वरमा काङ्ग्रेसका शिव अधिकारीले, तादिमा सन्तमान तामाङ, आशा तामाङ, लिखुमा धुर्व श्रेष्ठ र सुर्यगढिमा सन्तबहदुर घले विजयी भएका छन् । यस्तै विदुरमा काङ्ग्रेसका राजन श्रेष्ठ र बेलकोटगढिमा माअाेवादि केन्द्रका जगत लामाले अग्रता लिइरहेका छन ।

प्रकाशित मिति:     ३ जेष्ठ २०७९, मंगलवार  |    Himali Khabar