नुवाकोटको दुवै क्षेत्रको प्रदेशसभामा महत–लामा पक्षको कब्जामा

नुवाकोटको दुवै क्षेत्रको प्रदेशसभामा महत–लामा पक्षको कब्जामा

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको दुवै क्षेत्रको प्रदेशसभा क्षेत्रमा महत–लामा पक्षले कब्जा जमाएको छ । शनिवार सम्पन्न मतगणनामा क्षेत्र नम्बर १ को प्रदेश )क) मा महत निकटका युवा व्यवसायी सुशिल खड्का र (ख) मा रामजी पौडेल सभापतिमा विजयी भएका छन् ।

यस्तै क्षेत्र नं २ को प्रदेश (क)मा महत–पक्षकै बैकुण्ठबहादुर पाण्डे र (ख) मा पनि गणेशमान तामाङ विजयी भएका छन् ।

क्षेत्र नं १ डा. रामशरण महतको निर्वाचन क्षेत्र हो भने २ अर्जुननरसिंह केसी पक्षको निर्वाचन क्षेत्र हो । कांग्रेसको महाधिवेशनमा नुवाकोटमा महत पक्ष र बहादुर सिंह लामाको प्यानल खडा गरेका छन् भने केसी पक्षको छुटै प्यानल छ ।

प्रकाशित मिति:     ४ मंसिर २०७८, शनिबार  |    Himali Khabar