नुवाकोटका लागि ३ अर्व ६९ करोड बजेट, कुन पालिकामा कति ?

नुवाकोटका लागि ३ अर्व ६९ करोड बजेट, कुन पालिकामा कति ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नुवाकोटलाई ३ अर्ब रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । सरकारले नुवाकोटलाई ३ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसमध्ये विदुर नगरपालिकाले सबैभन्दा धेरै ६० करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ भने सबैभन्दा कम तारकेश्वर गाउँपालिकामा २३ कराेड ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै बेलकोटगढी नगरपालिकालाई ४८ करोड ४५ लाख, ककनी गाउँपालिकालाई ३२ करोड २६ लाख, विनियोजन गरिएको छ । सुर्यगढिका लागि २४ करोड ५६ लाख, शिवपुरीका लागि ३३ करोड ९ लाख, लिखुको लागि २५ करोड, म्यागङ गाउँपालिकाका लागि २५ करोड बजेट विनियोजन गरिएको छ ।

पन्चकन्याका लागि २३ करोड ९३ लाख, दुप्चेश्वरका लागि ३१ करोड १० लाख,तादिका लागि २८ करोड २० लाख,किस्पाङका लागि २४ करोड १४ लाख र ककनी गाउँपालिकाका लागि ३२ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति:     १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar