तारकेश्वर ६ मजुवा हल्लेका हावाहुरी प्रभावितलाई सहयोग

तारकेश्वर ६ मजुवा हल्लेका हावाहुरी प्रभावितलाई सहयोग

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका नेता शिव अधिकारी अबिरलले केहिदिन अघिको हावाहुरीबाट प्रभावित तारकेश्वर गाउँपालिका वडा नम्बर ६ मजुवा हल्लेका दुई घरपरिवारको बसोबास सहजीकरणका लागि जस्तापाता प्रदान गरेका छ्न । अधिकारीले आज स्थानीय महिला नेतृ सरिता शिवभक्ति र विष्णु बहादुर शिवभक्तिलाई ६ बण्डल जस्तापाता प्रदान गरेका हुन ।

बिपत्तीका बेला सबैले सबैलाई सहयोग गरौँ भन्ने धारणा अनुरुप सानो सहयोग प्रदान गरेको भन्दै उनने यसलाई त्यही ढंगमा बझिदिनुहुन अनुरोध गरे । साथै आफ्नो पवित्र अभियानमा सहयोग गरिदिएकोमा बोधिसत्व बिहारका कार्यक्रम संयोजक शान्त शर्मा र बिहारका सुप्रिम माष्टर हेगुवाङ सीप्रति पनि अधिकारीले बिशेष आभार प्रकट गरे ।

प्रकाशित मिति:     ११ बैशाख २०७८, शनिबार  |    Himali Khabar