चन्द्रागिरी ८ ढाक्सीमा जग्गा प्लटिङमा मनपरि, एउटा पनि मापदण्ड नपुर्याउनेलाई प्रशासनको अनुमति !

चन्द्रागिरी ८ ढाक्सीमा जग्गा प्लटिङमा मनपरि, एउटा पनि मापदण्ड नपुर्याउनेलाई प्रशासनको अनुमति !

काठमाडौं, १९ चैत । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं ८ मातातीर्थ स्थित ढाक्सीमा कुनै पनि मापदण्ड नपुर्याई मनोमानी रुपमा जग्गा प्लटिङ गरिएको छ । भोजराज कँडेलले प्लटिङ गरेको ५ रोपनी १२ आना जग्गामा स्थानीय प्रशासन र सामुदायिक वनले समेत आँखा चिम्लिएका छन् ।

जग्गा प्लटिङ गर्ने भोजराज कँडेल

बिजुलीको पोल हुनुपर्ने, ढलको उचित प्रबन्ध हुनुपर्ने, २० फुटको बाटो हुनुपर्ने र बाटो पनि कालोपत्रे हुनुपर्नेमा कँडेलले त्यो कुनै मापदण्ड पूरा गरेको छैन । कुनै मापदण्ड नै पूरा नगरेकोलाई वडा कार्यालयले प्लटिङको लागि अनुमति दिनुले वडा अध्यक्ष सन्तोष खड्काको समेत नियतमाथि प्रश्न उब्जिएको छ। आर्थिक प्रलोभवनमा परेको हुनसक्ने अनुमान स्थानीय छ । ‘मापदण्डलाई लात मार्र्दै आँखा चिम्लिएर अनुमति दिइन्छ भने त्यसमा के भन्ने’ स्थानीयले प्रश्न गरे ।

यस्तै वनसँग जोडिएको जग्गाको हकमा वन भन्दा १३ मिटर टाढा हुनुपर्नेमा यो प्लटिङमा सो मापदण्ड पनि पूरा गरिएको छैन् । जसले गर्दा भोली वनले समस्या सृजना गर्ने होकी भन्ने आंशका जग्गा खरिदकर्ताहरुमा छ । काफलडाँडा सामुदायिक वन उपभोक्ता समितिले पनि यो स्थानमा मात्र नभई अरु थुप्रै प्लटिङमा उक्त मापदण्ड पालना गराउनेमा कुनै चासो देखाएका छैनन् । ‘कुनै पनि अनुमति नपु¥याई अनुमति माग्दैमा अनुमति दिनु प्रशासनको ठूलो गल्ती हो,’ एक स्थानीयले भने, ‘यसले चन्द्रागिरीमा भइरहेको प्लटिङमा स्थानीय सरकारको समेत मिलेमतोको आशंकालाई प्रसय दिने भन्दै मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्न माग गरे ।’

वडा अध्यक्ष सन्तोष खड्का

कँडेले उक्त जग्गा प्रतिआना १२ लाख रुपैयाँमा बेचबिखन गरिरहेका छन् । चन्द्रागिरीमा प्रशासनको मौनताले मौलाएको मनोमानी धन्दाले भोली समस्या सृजना हुने अशांका बढाएको छ ।

प्रकाशित मिति:     १९ चैत्र २०७७, बिहीबार  |    Himali Khabar