काठमाडौंको आकाशमा एक्कासी तुवाँलो, हवाइ उडान समेत प्रभावित

काठमाडौंको आकाशमा एक्कासी तुवाँलो, हवाइ उडान समेत प्रभावित

काठमाडौं, १३ चैत । शुक्रबार दिउँसो काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेको छ । त्यसले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।

‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको उनले जानकारी दिए ।

प्रकाशित मिति:     १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar