नुवाकोटको शिवपुरी ८ थानापतीबाट काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिमा युवा नेता पाठकलाई लोकप्रिय मत

नुवाकोटको शिवपुरी ८ थानापतीबाट काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिमा युवा नेता पाठकलाई लोकप्रिय मत

नुवाकोट । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका ८ थानापतीबाट क्षेत्रीय प्रतिनिधिमा नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार पाठकले लोकप्रिय मत प्राप्त गरेका छन् । पाठकले सबैभन्दा धेरै १९५ मत प्राप्त गरि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन ।

पाठक राजनीतिसंगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । जनताको हरेक दुख, सुखमा सहयोग गर्ने उनलाई स्थानीय जनताले निकै रुचाएका छन् । नुवाकोटको विकास र राजनीति शुद्धीकरणका लागि क्षेत्रीय सभापतिमा जान क्षेत्रीय प्रतिनिधिहरुको चर्को दबाब छ ।

यस्तै अन्य प्रतिनिधिमा ताराप्रसाद पाठक, रामबहादुर डङगाेल, होमनाथ थपलिया, कृष्णप्रसाद थपलिया, यादव भेटुवाल , ओम कुमारी सिलवाल, रविन डङगाेल, रमिता श्रेष्ठ र कुञ्जन नेपाली निर्वाचित भएका छन भने शान्त सिलवाल निर्विरोध निर्वाचित भएका हुन ।

नुवाकोटका अन्य वडामा सर्वसम्मत रुपमा चयन भएपनि थानापती भने निर्वाचन नै गर्नु परेको थियो । निर्वाचनमा पुर्व क्षेत्रीय सभापति गोविन्द थपलिया भने पराजित भएका छन् । उनले जम्मा १५४ मत मात्र प्राप्त गरेका छ्न । यसअघि सहमतिमा २ पटक क्षेत्रीय प्रतिनिधि बन्न सफल भएपनि निर्वाचनमा भने पराजित भए । जनताप्रति उत्तरदायी र सेवामुखीभन्दा पनि व्यक्तिवादी सोचाइ र गराइका कारण उनलाई स्थानीयले नरुचाएका हुन ।

यस्तै वडा कार्यसमितिमा पनि रामकृष्ण डङगाेल नेतृत्वको प्यानल अत्याधिक मतका साथ बिजयी भएका छन् ।

प्रकाशित मिति:     २६ भाद्र २०७८, शनिबार  |    Himali Khabar