साढे चार महिनापछि आजबाट पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुल्यो

साढे चार महिनापछि आजबाट पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुल्यो

काठमाडौं । पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि खुल्ला भएको हो ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

प्रकाशित मिति:     २५ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar