बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्।

मंगलबार उनले बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टी रोज्दै सनाखत गरेका थिए। ‘अलग पार्टीमा लागेकाले मन्त्री पदमा बस्न उपयुक्त लागेन,’ उनले भने, त्यसैले आज ९बुधबार० बिहान पदबाट राजीनामा दिएको छु।’ खनाल नेकपा (एस)का केन्द्रीय सदस्य समेत हुन्।

प्रकाशित मिति:     १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar