काठमाडौंको फोहोर भोलीबाट उठ्ने

काठमाडौंको फोहोर भोलीबाट उठ्ने

काठमाडौं । एक महिनादेखि नउठेको काठमाडौँको फोहोर बुधबार(भोली)बाट उठ्ने भएको छ। काठमाडौँ उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलीबाट उठाउन शुरु गरिने काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।

मंगलबार मेयर शाक्यको संयोजकत्वमा काठमाडौँ प्रमुख जिल्ला अधिकारी, सडक विभाजका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले चोक चोकमा थुप्रिएको फोहोर भोली बिहान ६ बजेबाट उठाउने निर्णय गरेको हो ।

फोहोर उठाउन र सिसडोलमा व्यवस्थापन गर्न सुरक्षा चुनौती देखिए त्यसको व्यवस्था गृह प्रशासनले मिलाउने मेयर शाक्यले बताए । त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षा व्यवस्था मिलाउने र फोहोर व्यवस्थापन गर्ने सहमति भएको छ ।

प्रकाशित मिति:     १५ भाद्र २०७८, मंगलवार  |    Himali Khabar