मेलम्ची बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक प्रयोग गरी सवारी सञ्चालन

मेलम्ची बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक प्रयोग गरी सवारी सञ्चालन

काठमाडौं । आजदेखि हेलम्बुको ग्याल्थुम नजिकसम्म नियमित यातायात सञ्चालन हुने भएको छ। सिन्धु हेलम्बु र आमा याङ्ग्री ह्योल्मो यातायात व्यवसायी समितिले बैकल्पिक बाटोको प्रयोग गरी सवारी साधन सञ्चालनको तयारी गरका हुन ।

वैकल्पिक मार्गका रुपमा रुपमा नारायणटारबाट भोटचौर–तालामाराङ बजार हुँदै तत्कालका लागि ग्याल्थुम नजिकको ढुङ्ग्रेबजारसम्म बस जानेछ ।
गत असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध हुँदा हेलम्बुसँगको सडक सम्पर्क पूर्णरुपमा टुटेको छ।

प्रकाशित मिति:     २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar