महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिदा एक नेपाली बेपत्ता

महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिदा एक नेपाली बेपत्ता

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका– २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा एकजना नेपाली नदीमा बेपत्ता भएका छन्। सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन्।

आज बिहान महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको बताइएको छ। नदीको बीचभागमा पुग्ने वेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्।
भारत पांगलमा रहेका एसएसबीले तुइन काटेका हुन्।

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन्। नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका स्थानीय दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ।

प्रकाशित मिति:     १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar