रसुवामा एमाले छाडेर दर्जनौं नेता-कार्यकर्ता काङ्ग्रेस प्रवेश

रसुवामा एमाले छाडेर दर्जनौं नेता-कार्यकर्ता काङ्ग्रेस प्रवेश

रसुवा । निर्वाचनको मुखैमा रसुवामा नेकपा एमाले परित्याग गरि एक दर्जनभन्दा बढि नेता-कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । रसुवा आमाछोदिङ्मो र नौकुन्ड गाउँपालिकाका नेकपा एमाले र बिभिन्न दल परित्याग गरि काङ्ग्रेस प्रवेश गरेकाहरुलाई काङ्ग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार ई. मोहन आचार्य र प्रदेस (क)का उम्मेदवार प्रभात लामाले स्वागत गर्नुभयो ।

काङ्ग्रेस प्रवेश गर्नेमा योगेन्द्र प्रसाद अगस्थि (किरण ), छोटे मोक्तान , नारायण तामाङ , सुर्य रुम्बा , रामकुमारि रुम्बा, रुपा तामाङ, रेस्मा रुम्बा, अन्जना बुलुन ,मुना तामाङ ,बुधुमाया तामाङ, शान्ति कुमारी मोक्तान , आकृति तामाङ , धन बहादुर तामाङ , राधिका मोक्तान र गणेस बहादुर थिङ रहेका छन ।

नेता आचार्यले प्रबेश गर्नु हुने सम्पुर्णलाई स्वागत गर्दै राजनैतिक भबिस्य को उत्तरोत्तर प्रगति शुभकामना व्यक्त गर्नुभयो । आचार्य गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएको छ ।

प्रकाशित मिति:     २९ आश्विन २०७९, शनिबार  |    Himali Khabar