बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमाना फैसला सुनाइएका कार्की पक्राउ

बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमाना फैसला सुनाइएका कार्की पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमाना र सात दिन कैद फैसला सुनाइएका एक जना अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय दीपक कार्की रहेका छन् अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दीपकलाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो ।

दीपकलाई उच्च अदालत पाटनले ०७६ साल फागुन १८ गते बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमान र ७ दिन कैद फैसला सुनाएको थियो ।

प्रकाशित मिति:     २९ भाद्र २०७८, मंगलवार  |    Himali Khabar