युरोप पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

युरोप पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका–३ घर भएका ३३ वर्षीय पोशबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका ९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुषसमेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति:     १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar