डेढ वर्षपछि रिहा भए पूर्वगृहमन्त्री बादलका भाइ नरेश

डेढ वर्षपछि रिहा भए पूर्वगृहमन्त्री बादलका भाइ नरेश

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाई नरेश थापा रिहा भएका छन्। सोमबार थापाले डेढ वर्षको सजाय काटेर रिहा भएका हुन्। डिल्लीबजार कारागारमा रहेका थापाको कैद सजाय पूरा भएपछि सोमबार रिहा भएका हुन ।

उच्च अदालत पाटनले थापालाई आपराधिक लाभका कसूरमा २०७६ माघ २७ मा १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। उच्चले तोकेको कैद सजाय पुरा गरि उनी सोमबार रिहा भएका हुन्। थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोले आपराधिक लाभको कसूरमा पक्राउ गरेको थियो। अदालतले थुनामा राख्न आदेश दिएसँगै उनी २०७६ फागुन १९ देखि डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गर्दै आएका थिए।

प्रकाशित मिति:     ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar