महोत्तरीमा सैनिक जवानद्वारा गोली हानी आत्महत्या

महोत्तरीमा सैनिक जवानद्वारा गोली हानी आत्महत्या

काठमाडौं । महोत्तरीमा एक जना सेनाका जवानले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए ।

रामेछाप घर भएका ती जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको उनले बताए । बुधबार बिहान अन्दाजी पाँच बजेतिर अतिथि गृहसँगैको कोतमा घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

उनले मृतकका आफन्तलाई घटनास्थलमा बोलाइएको र उनीहरु आएपछि मात्रै नाम–ठेगाना सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar