ट्राफिक प्रहरी महाशाखाले ३३ जनालाई बुझायो चोरीको मोटरसाईकल

ट्राफिक प्रहरी महाशाखाले ३३ जनालाई बुझायो चोरीको मोटरसाईकल

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले आज ३३ वटा मोटरसाईकल सम्बन्धीत धनीलाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाईकल र १० वटा स्कुटर रहेका छन् । एसएसपी भट्टराईले मोटर साइकल हस्चतान्तरण कार्यक्रममा हराएका मध्ये करिब ७० प्रतिशत पल्सर मोटरसाईकल हुने गरेको तथ्याङ्कबाट देखिएको बताए । विशेषगरी त्यस्ता चोरी गर्ने समूहले ग्रामीण इलाकामा लगी नम्बर प्लेट र स्वरुप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाई बेचबिखन गर्ने र कतिपय अवस्थामा वास्तविक नम्बर नै प्रयोग गरेको अवस्थामा समेत फेला परेको उनले जानकारी दिए ।

कार्यक्रममा एसएसपी भट्टराईले निषेधाज्ञाकै समयमा समेत टोलीले विशेष सूचना संकलन गरि उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको बताए । चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबार्हीका लागी विभिन्न प्रहरी वृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए ।

ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी नियन्त्रणलाई निरन्तरता दिँदै निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका ३३ वटा मोटरसाईकल आज हस्तान्तरण गरको हो । यस आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी वृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar