नेपाल बिजुलीमा आत्मनिर्भर बन्यो

नेपाल बिजुलीमा आत्मनिर्भर बन्यो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर बनेको छ । तामाकोशीको ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कूल जडित क्षमता झण्डै २ हजार मेगावाट पुगेको छ ।

गत असार २१ गते आयोजनाको उद्घाटन गरिए पनि पूर्ण क्षमतामा चल्न सकेको थिएन । उद्घाटन भएको दुई महिनापछि मात्रै आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गरेको हो । प्राधिकरणका अनुसार बिजुली पूर्ण रुपमा खपत हुन नसक्दा रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर जाने अवस्था सिर्जना भएको छ ।

प्रकाशित मिति:     २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar