नेपाल विद्युत प्राधिकरणले ‘उज्यालो र सफा सहर अभियान’ चलाउँदै

नेपाल विद्युत प्राधिकरणले ‘उज्यालो र सफा सहर अभियान’ चलाउँदै

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो सहर र सफा अभियान’ चलाउने भएको छ। अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक–सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गर्ने योजना बनाएको हो।

यसले सहरको सौन्दर्य वृद्धि हुने, विद्युत् माग बढ्ने र रातको समयमा घरायसी खपत घट्दा खेर जाने ऊर्जा पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरुमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरु हटाउने, तारहरुलाई भूमिगत गर्ने लगायतका काम अगाडि बढाइने बताइएको छ ।

प्रकाशित मिति:     ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar