तनहुँ जलविद्युत आयोजनाको थप दुई सुरुङ मार्ग खन्ने कार्य सम्पन्न

तनहुँ जलविद्युत आयोजनाको थप दुई सुरुङ मार्ग खन्ने कार्य सम्पन्न

काठमाडौं । तनहुँ जलविद्युत आयोजनाको थप दुई सुरुङ मार्ग खन्ने कार्य सम्पन्न भएको छ । ३० मिटर ब्यास र ६५ मिटर उचाईको भुमिगत सर्ज ट्याङ्क निर्माणको लागि आवश्यक पहुँच सुरुङमार्ग खन्ने कार्य सम्पन्न भए पछि थप दुइ सुरुङ मार्ग पुरा भएको हो ।

आयोजनाको प्याकेज २ अन्तर्गत सर्ज ट्याङ्कसम्म पुग्ने ४३७ दशमलव १ मिटर सुरुङ खन्ने कार्य शुक्रबार साँझ पुरा भएको आयोजनाका प्रमुख अच्युतबाबु घिमिरेले जानकारी दिए । यो सुरुङ्ग मार्ग खन्ने कार्य सम्पन्न भएसँगै भूमिगत सर्जट्याङ्कको काम गर्न सहज हुने छ । ठाडो भिर भएको कठिन भूगोल भएकोले पहुँच सडक पु¥याउन नमिल्ने भएकोले चिनियाँ सिनो हाईड्रो कम्पनीले सो सुरुङमार्ग निर्माण गरेको आयोजनाले जनाएको छ ।

यस अघि आसार २ गते विद्युत गृह जाने मुख्य प्रवेश सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको थियो भने जेठ २१ गते बाँधस्थल दायाँ पट्टीबाट पुग्ने ३१४ मिटर लामो पहुँच सुरुङ सम्पन्न भईसकेको छ ।

प्रकाशित मिति:     १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar