कालिकोट विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

कालिकोट विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

कालिकोट । कालिकोट बिद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छ । सोमबार राती विद्यूत सेवा नियमित भएपछि स्थानीय खुशी भएका छन् । तत्कालिन उर्जा मन्त्री भएको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका सबै जिल्लाहरुलाई राष्ट्रिय प्रशारण लाइन जोड्ने निर्णय गरेका थिए ।

दैलेखको दुल्लुबाट कालिकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएको कालिकोट वितरण केन्द्रका प्रमुख मेखराज जैशीले बताए । कालिकोटदेखि जुम्लाका लागि राष्ट्रिय प्रशारण लाइन जोड्ने काम भइरहेको छ । कालिकोटमा विद्यूत पुगेपछि स्थानीय निकै खुशी देखिएका छन् ।

प्रकाशित मिति:     २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar