नेपालका ९३ प्रतिशत घरमा बिजुली पुग्यो

नेपालका ९३ प्रतिशत घरमा बिजुली पुग्यो

काठमाडौं । नेपालमा बिजुली उपभोग गर्ने जनसंख्या ९३ प्रतिशत पुगेको छ । गत वर्षको असार मसान्तसम्म ९० प्रतिशत नेपालीका घरमा बिजुली पुगेको थियो । शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षणले कूल विद्युत् पुगेको जनसंख्यामध्ये ३ प्रतिशत वैकल्पिक ऊर्जाको योगदान रहेको देखाएको छ ।

चालू आर्थिक वर्षको फागुन सम्म विद्युत् उपभोग गर्ने ग्राहकको संख्या १०.९७ ले वृद्धि भएको आर्थिक सर्वेक्षणमा छ । यसअनुसार सामुदायिक विद्युत् उपभोक्ताबाहेक मुलुकका ४९ लाख ९३ हजार ग्राहकले बिजुली सेवा पाएका छन् । गत असार मसान्तसम्म यस्तो ग्राहक संख्या ४५ लाख थियो ।

सबैभन्दा अधिक विद्युत् पहुँच पुगेको प्रदेश नं २ हो । प्रदेश २ मा गत फागुन मसान्तसम्म ९९.०५ प्रतिशत जनसंख्याका लागि विद्युतीकरण भएको छ । त्यसपछि बागमती प्रदेशमा ९४.४४ प्रतिशत विद्युत् पहुँच छ । गण्डकी प्रदेश धेरै विद्युतीकरण हुने प्रदेशमा तेस्रो नम्बरमा आएको छ । गण्डकीमा ९२. ७९ प्रतिशत जनसंख्यामा बिजुली पुगेको तथ्यांकले देखाएको छ ।

यस्तै लुम्बिनीमा ९१ प्रतिशत विद्युत् पहुँच रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । प्रदेश १ मा ८२.४३ प्रतिशत, र सुदुर पश्चिममा ६४. ६९ प्रतिशत विद्युत् पहुँच छ ।

प्रकाशित मिति:     १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar