तामाकोसीको मुख्य सुरुङ र मुख्य पाइपमा आजरदेखि पुनः पानी पठाउने

तामाकोसीको मुख्य सुरुङ र मुख्य पाइपमा आजरदेखि पुनः पानी पठाउने

काठमाडौं । निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा आजदेखि पुनः पानी पठाउने आयोजनाले बताएको छ।

यसअघि गरिएको परीक्षणमा मुख्य पाइपसँग जडान गरिएका दुईवटा ढक्कनबाट पानी रसाएपछि मर्मतका लागि पानी रोकिएको थियो।

परीक्षणका लागि पहिला पठाएको पानी पूर्ण रूपमा सुकाएर मर्मत गर्दा २८ दिन लागेको आयोजनाले जनाएको छ।

प्रकाशित मिति:     १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar