कोरोनाले रसुवागढी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ

कोरोनाले रसुवागढी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ

रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ । विद्युत गृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं टिमुरेदेखि थाम्बुचेतसम्म १० किमी दूरीको प्रसारण लाइन निर्माण गर्ने मुड्वरी एन्ड जेभी कम्पनी लिमिटेडले तोकिएको तालिकाअनुरूप काम नगर्दा विद्युत् आयोजनाको संरचना बनाउने कार्य ढिलाइ भएको हो ।

कोरोना संक्रमितको संख्या तीव्ररूपमा फैलिरहेको दर्शाउँदै भोइथ कम्पनीका दक्ष जनशक्ति भारतबाट नआएका कारण १११ मेगावाट क्षमताको विद्युत् गृहका उपकरण जडान कार्यमा ढिलाइ भएको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।

ठेकेदार कम्पनीले विद्युत् उत्पादनमा आवश्यक उपकरण आयोजनास्थलमा पुर्‍याइसकेको छ । वर्तमान अवस्थामा ती सामानको जडान कार्य ५० प्रतिशत प्रगति हासिल गर्नुपर्ने समयावधि पुग्दासमेत काममा शून्यता छाएको प्राविधिकले बताएका छन् ।

प्रकाशित मिति:     ८ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar