मतदाता नामावली संकलन सहज बनाउन कांग्रेस काठमाडौं महानगर समितिले गरायाे ध्यानाकर्षण

मतदाता नामावली संकलन सहज बनाउन कांग्रेस काठमाडौं महानगर समितिले गरायाे ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका समितिले मतदाता नामावली संकलन सहज बनाउन जिल्ला निर्वाचन कार्यालयकाे ध्यानाकर्षण गराएकाे छ । आज नगर सचिव सुशन वैद्यसहितकाे टाेलीले जिल्ला निर्वाचन कार्यालय पुगेरै नामावली संकलनका क्रममा नागरिकले सास्ति बेहाेर्नेपरेकाे भन्दै सहज बनाउन ध्यानाकर्षण गराएका हुन् ।

मतदाता नामावलीमा नाम दर्ता गराउन लामाे समय लाइन बस्नुपर्ने र धेरै समय खर्चनुपर्ने अवस्थाकाे अन्त्य गर्न जिल्ला प्रमुख निर्वाचन अधिकृत ठाकुर प्रसाद भट्टराईलाई आवश्यक प्रबन्ध मिलाउन महानगर समितिले माग गरेकाे छ । छिटै निर्वाचनको मिति घाेषणा हुन लागेकाे भन्दै समितिले अहिले मतादाता नामावली संकलनमा प्रयाेग भईरहेकाे ३ वटा कम्युटर र था्रै जनशक्ति अपर्याप्त हुने पनि भेटका क्रममा जानकारी गराएकाे थियाे ।

साे क्रममा प्रमुख निर्वाचन अधिकृत भट्टराईले दिउँसाे ३बजेपछि मतदातालाई भिड कम हुने हुँदा सहज रहेकाे भन्दै कर्मचारीले असहयाेग गरेमा सिधै सम्पर्क गर्न आग्रह गरेका थिए । उनले ५ बजेभित्र कार्यालय आएका मतदाताकाे नामावली मध्यरातसम्म लागेपनि दर्ता गर्ने र केही दिनकाे मतदाता चाप हेरेर आवश्यक परे कम्प्युटर र जनशक्ति थप गर्ने प्रतिवद्दता जनाएका छन् ।

महानगर सचिव वैद्यसहित सदस्य शिव अनामणी श्रेष्ठ, महाधिवेशन प्रतिनिधि राजीव श्रेष्ठले मतदाता नामावली संकलन भइरहेकाे स्थलमा स्थलगत निरिक्षणसमेत गरेका थिए ।

प्रकाशित मिति:     १७ असार २०७९, शुक्रबार  |    Himali Khabar