व्यवसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

व्यवसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाई औपचारिकरुपमा एमालेमा प्रवेश गरेका छन् । झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी सहित पाँच सयजना एमालेमा प्रवेश गरेका हुन् । सो कार्यक्रममा संयोजन पनि प्रसाईले नै गरेका थिए ।

प्रसाई यसअघि माओवादीमा थिए । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकटस्था मानिन्थे । तर, नेपाल कम्युनिष्ट पार्टीमा आएको विवाद र विभाजनसँग उनले कित्ता फेर्दै ओलीसँग निकट बनेका छन् । हालै गोदावरीमा भएको एमालेको विधान महाधिवेसनमा प्रसाई सहभागी भएका थिए । यद्यपि, औपचारिक तवरले चाहिँ आजबाट उनी ‘एमाले नेता’ बनेका छन् ।

प्रकाशित मिति:     ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar