माधव नेपालले मन्त्री बनाउन ५ जनाको नाम टुंग्याए

माधव नेपालले मन्त्री बनाउन ५ जनाको नाम टुंग्याए

काठमाडौं । एकीकृत समाजवादीले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ । समाजवादीले ६ मन्त्रालय पाउँदैछ ।

स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट मन्त्री बन्नेको सूची बुझाइसकेका छन् । विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएको बताए । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी छ ।

प्रकाशित मिति:     ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar