मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री कार्की

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री कार्की

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चाकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने बताएका हुन ।

सरकारका प्रवक्तासमेत रहेका कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउने कुरा भइरहेको जानकारी दिए । समयको महत्त्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने बताउदै मन्त्री कार्कीले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यकता र बाध्यताले ल्याइएका दाबी गरे ।

प्रकाशित मिति:     १२ भाद्र २०७८, शनिबार  |    Himali Khabar