कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने

कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरि नेताहरूबीच सहमति जुटेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशिल सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिएका छन् ।

सभापति देउवासँग कुराकानी गरेपछि पौडेल पक्षले आज आफु निकटका नेता र जिल्ला सभापतिहरूसँग कांग्रेस पुर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा छलफल गरेका थिए । देशभरका ६ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिएका छन् ।

उनका अनुसार जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ । जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशिलको नाम सार्वजनिक गर्न माग गरेका थिए । ४८ जिल्लाका क्रियाशिलको नाम सार्वजनिक भएको र अरू जिल्लाको एक–दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ ।

प्रकाशित मिति:     १२ भाद्र २०७८, शनिबार  |    Himali Khabar