महाधिवेशन तयारीका लागि निधिले उद्घाटन गरे सम्पर्क कार्यालय

महाधिवेशन तयारीका लागि निधिले उद्घाटन गरे सम्पर्क कार्यालय

काठमाडौं । आशन्न चौधौं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो सम्पर्क कार्यालय खोलेका छन्। महाधिवेशनको तयारीका लागि उनले सम्पर्क कार्यालय खोलेका हुन्।

काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा निधिले शुक्रबार सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। कार्यक्रममा कांग्रेसका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा डडेलधुरा जिल्ला कर्ण मल्ल, नुवाकोट सभापति जगदीशनरसिंह केसी, प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत शाह, प्रदेश २ का मन्त्री रामसरोज यादवलगायत निधिलाई साथ दिन आइपुगेका छन्।

प्रकाशित मिति:     ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar