माधव नेपालसहितका १४ सांसद् एमालेबाट पदमुक्त

माधव नेपालसहितका १४ सांसद् एमालेबाट पदमुक्त

काठमाडौं । माधव नेपालसहित १४ सांसदलाई एमालेले पदमुक्त गरेको छ । प्रतिनिधिसभामा रहेका नेपालसहित १४ सांसदलाई कारवाही गरिएको सूचना एमालले संसद सचिवालयलाई दिएको हो ।

२० प्रतिशत सांसद भए सांसदको मान्यतासहित दल विभाजन गर्ने सम्बन्धी अध्यादेश सरकारले अघि बढाएपछि एमालेले स्थायी कमिटी र संसदीय दलको बैठकपछि अर्को दल खोज्न सक्ने सम्भावित १४ सांसदलाई पदमुक्त गरेको हो ।

पदमुक्त हुने एमालेका १४ सांसद
माधव नेपाल
जीवनराम श्रेष्ठ,
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
निरादेवी जैरु
पुष्पाकुमारी कर्ण
मेटमणी चौधरी
सरला यादव
कलिला खातुन
विरोध खतिवडा
कृष्णलाल महर्जन
भवानी खापुङ

प्रकाशित मिति:     १ भाद्र २०७८, मंगलवार  |    Himali Khabar