एमालेमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने अरु अध्यक्षले मनोनित गर्ने गरी विद्यान संशोधनको प्रस्ताव

एमालेमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने अरु अध्यक्षले मनोनित गर्ने गरी विद्यान संशोधनको प्रस्ताव

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकले पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय गरेको छ। आजै केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव छलफलका लागि पेश हुने एक स्थायी कमिटी सदस्यले बताए।

बाँकी पद अध्यक्षले मनोनयन गर्ने । प्रस्तावित विधान पारित भएमा अध्यक्ष, महासचिव र केन्द्रीय सदस्यहरू मात्रै निर्वाचित भए आउनेछन्। हालको विधानमा एमालेमा अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव निर्वाचित हुने प्रावधान छ।

प्रकाशित मिति:     २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar