संसद पदबाट राजीनामा दिने अमरेश सिंहको चेतावनी

संसद पदबाट राजीनामा दिने अमरेश सिंहको चेतावनी

काठमाडौं । नेपाली कांग्रेका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै उनले राजीनामाको धम्की दिएका हुन् ।

यसबारे वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी भइरहेको उनले बताए । आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भएकाले प्रनिधिसभा सदस्य पदबाट राजीनामा दिन खोजेको सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले बताएका छन् ।

सर्लाहीमा जंगलाल राय, शम्भुलाल श्रेष्ठ लगायत अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई समायोजनका नाममा ठूलो संख्यामा क्रियाशील सदस्यता लगेका छन् । यसले आफूहरु अन्यायमा परेको भन्दै सर्लाहीका नेता कार्यकर्ताले केही दिनदेखि पार्टी कार्यालय, सानेपामा धर्ना समेत दिइरहेका छन् ।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar