ओली समूहका युवाले कोटेश्वरमा माधव नेपालको पुत्ला जलाए

ओली समूहका युवाले कोटेश्वरमा माधव नेपालको पुत्ला जलाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका युवाले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन् । ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएर फर्किएका ओली समूहका युवाहरुले कोटेश्वरमा नेपालको पुत्ला जलाएका हुन् ।

ओली समर्थित युवाहरुले नेपालको घर घेर्ने तयारी गरेपछि प्रहरीले कोटेश्वरस्थित नेपालको घर वरिपरि सुरक्षा बढाएको छ । आज नै ओलीले बालकोट पुगेर नेता नेपालमाथि चर्को आक्रोश पोखेका थिए । प्रहरी स्रोतका अनुसार अहिले कोटेश्वर क्षेत्रमा थप प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar