भिटोफमा थापा र देवकोटानै आधिकारिक उम्मेदवार हुन : निट

भिटोफमा थापा र देवकोटानै आधिकारिक उम्मेदवार हुन : निट

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को आज हुने साधारणसभा एवम् निर्वाचनमा सत्तारुढ दलहरुले अध्यक्षमा गोपाल थापा र कोषाध्यक्षमा सकुन्तला देवकोटालाई मतदान गर्ने भएका छन् । सत्तारुढ दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी (लोसपा) ले थापा समुहलाई मतदान गर्न आव्हान गरेका छन् ।

गठबन्धनको साझा उम्मेदवार थापा र देवकोटा नै भएकाले सोही समुहलाई मतदान गर्न आग्रह गरेको छ ।

यधपी काङ्ग्रेस निकट व्यवसायीहरुको संगठन निटका सह-अध्यक्ष डा रामशरण थपलियाले भने अध्यक्षमा जस्फा पाण्डे र कोषाध्यक्षमा गौरी उप्रेतीलाई मतदान गर्न आव्हान गरेका छन् ।

निटले यो आधिकारिक नभएको प्रष्ट पारेको छ । महासचिव तथा निर्वाचन सम्बन्धि अधिकार सम्पन्न समिती संयोजक देबेन्द्र वाग्ले निट र गठबन्धन कै आधिकारिक उम्मेदवार थापा र देवकोटा नै भएकाले उनीहरुलाई नै मतदान गर्न आग्रह गरेका छन् ।

गठबन्धनले टान र नाट्टाकाे निर्वाचनमा काङ्ग्रेसलाई समर्थन गर्ने सर्तमा थापा र देवकोटालाई साझा उम्मेदवार बनाइएको हो ।

प्रकाशित मिति:     ११ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar