भिटोफमा थापा र देवकोटालाई मतदान गर्न पर्यटन व्यवसायी संगठनको आव्हान

भिटोफमा थापा र देवकोटालाई मतदान गर्न पर्यटन व्यवसायी संगठनको आव्हान

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को आज हुने साधारणसभा एवम् निर्वाचनका लागि नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनले अध्यक्षमा गोपाल थापा र काेषाध्यक्षमा शकुन्तला देवकोटालाई मतदान गर्न आव्हान गरेको छ ।

संगठनका संयोजक नवराज दाहालले दुई उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन आव्हान गरेका छन् ।

आज हुने भिटोफको निर्वाचनका लागि अध्यक्षमा थापा र जस्फा पाण्डे र कोषाध्यक्षमा देवकोटा र गौरी उप्रेती मैदानमा उत्रिएका छन । अन्य पदमा भने सहमति जुटिसकेकाे छ ।

अध्यक्षका उम्मेदवार थापा माओवादी निकट व्यवसायी हुन भने पाण्डे काङ्ग्रेस निकट हुन ।

प्रकाशित मिति:     ११ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar