भिटोफमा पाण्डे र उप्रेतीलाई मतदान गर्न निटकाे आव्हान

भिटोफमा पाण्डे र उप्रेतीलाई मतदान गर्न निटकाे आव्हान

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को आज हुने साधारणसभा एवम् निर्वाचनका लागि नेपाली काङ्ग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संघ- नेपाल (निट) ले अध्यक्षको उम्मेदवार जस्फा पाण्डे र काेषाध्यक्ष गौरी उप्रेतीलाई मतदान गर्न आव्हान गरेको छ ।

निटका सह- अध्यक्ष रामशरण थपलियाले समावेशी, महिला शक्तिकरण र साङ्गठनिक परिवर्तनका लागि दुई उम्मेदवारलाई मतदान गर्न आव्हान गरेका हुन।

भिटोफको अध्यक्षमा पाण्डे र गोपाल थापा चुनावी मैदानमा छन् भने कोषाध्यक्षमा उप्रेती र शकुन्तला देवकोटा मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति:     ११ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar