भिटोफको अध्यक्षमा थापा र पाण्डेकाे उम्मेदवारी दर्ता

भिटोफको अध्यक्षमा थापा र पाण्डेकाे उम्मेदवारी दर्ता

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहि शुक्रबार हुने साधारणसभा एवम् निर्वाचनका लागि आज अध्यक्ष पदमा जस्फा पाण्डे र गोपाल थापाले मनोनयन दर्ता गराइका हुन ।

थापा द्वितीय उपाध्यक्ष र पाण्डे महासचिव हुन । थापा माअाेवादि केन्द्र निकट व्यवसायी हुन भने पाण्डे नेपाली काङ्ग्रेस निकट हुन ।

यसअघि गत वर्षको चैत २० गतेलाई तोकिएको साधारणसभामा पाण्डेले आफुलाई मनोनयन गर्न नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएपछि कार्यालयको निर्देशनमा निर्वाचन रोकिएको थियो ।

गत वर्ष अध्यक्षमा पूर्वमहासचिव राजकुमार थापाको उम्मेद्वारी दर्ता गराएका थिए । तर यो पटक उनी व्यवसायीक कामले काठमाडौं बाहिर रहेकाले उनको उम्मेदवारी परेन ।

प्रकाशित मिति:     ७ चैत्र २०७८, सोमबार  |    Himali Khabar