गद्दी बैठक सर्वसाधारणका लागि खुला

गद्दी बैठक सर्वसाधारणका लागि खुला

काठमाडौं । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी सुरु गरेको छ।

गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिचेका १०० वर्षभन्दा पुराना तस्बिर पनि प्रदर्शनीमा राखिने भएको छ। ऐतिहासिक तस्बिरहरुको प्रदर्शनी हेर्न दैनिक सयौँ स्वदेशी एवं विदेशी पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आउने गरेका छन्।

यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो। कोरोना महामारी कम भएपछि गत फागुन २७ गते शुक्रबारदेखि प्रदर्शनी सुरु गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए।

प्रकाशित मिति:     ३ चैत्र २०७८, बिहीबार  |    Himali Khabar