निगमले पायो साउदी अरेबिया उडानको अनुमति

निगमले पायो साउदी अरेबिया उडानको अनुमति

काठमाडौं । साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ ।

साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए)ले निगमलाई आज उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ ।

यसैबीच निगमले एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौं–रियाद–काठमाडौं क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।

प्रकाशित मिति:     २३ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar