वरिष्ठ पर्यटन व्यवसायी शर्मा नेशन अफ हवाईको महावाणिज्यदूत नियुक्त

वरिष्ठ पर्यटन व्यवसायी शर्मा नेशन अफ हवाईको महावाणिज्यदूत नियुक्त

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी तेजेन्द्र शर्मा पौडेललाई नेशन अफ हवाईले महावाणिज्यदूतमा नियुक्त गरेको छ । उनलाई हवाई राज्यको विदेश मामिला मन्त्री युसेफ इहाद्देनले नियुक्त गरेका हुन ।

नेशन अफ हवाई अमेरिकाको ५० औं राज्य हो ।

इहाद्देनले पौडेलको निष्ठा र क्षमतामा विशेष विश्वास गर्दै दुई देशबीचको पारस्परिक र व्यापारिक सम्बन्ध विस्तारका लागि उनलाई नियुक्ती दिइको जनाएका छन् । शर्माको नियुक्तीले दुई देशबीचको पर्यटन, व्यापार, सामाजिक सेवा लगायतका क्षेत्रमा थप सम्बन्ध विस्तार हुने उनको विश्वास छ ।

नेपालको महावाणिज्यदूतमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै पौडेलले दुईदेशबीचको सम्बन्धनलाई थप प्रगाढ बनाउन विशेष पहल गर्ने प्रतिवद्धता जनाए । दुईदेशबीचको पर्यटन, व्यापार, सामाजिक सेवा तथा द्विपक्षीय सम्बन्धको विकासका लागि काम गर्ने उनले बताए । पछिल्लो समय कोरोना महामारी कम हुँदै गएको अवस्थामा त्यहाँका धेरै भन्दा धेरै पर्यटकलाई नेपाल भित्र्याउने विशेष काम गर्ने उनको भनाई छ ।

गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष समेत रहेका शर्मा तीन दशकदेखि पर्यटनमा क्रियाशिल छन् । उनी युक्रेनको कन्सुल एवम् मानव तथा सामाजिक सेवामा क्रियाशिल संस्था यूएन पिकेएफसी (हेडक्वाटर थाइल्याण्ड) को वरिष्ठ सल्लाहकार हुन । यस्तै गभर्नर अफ आइयुकेएसि न्यून स्पेनको पनि अबैतानिक महावाणिज्यदूत हुन ।

प्रकाशित मिति:     ९ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar