भिटोफ नेपालको साधारणसभा एवम् निर्वाचन आगामी चैत ११ मा हुने

भिटोफ नेपालको साधारणसभा एवम् निर्वाचन आगामी चैत ११ मा हुने

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको आगामी चैत ११ गते हुने २४ औं साधारणसभा एवम् निर्वाचन गर्ने भएको छ । केहिदिन अघि बसेको भिटोफ कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

कोरोना महामारीको कारण भिटोफको साधारणसभा स्थगित हुँदै आएको छ । यसअघि भिटोफ नेपालको साधारणसभा गत वर्षको चैत २० गतेका लागि तय गरिएको थियो । तर उम्मेदवारी मनोनय सम्बन्धमा केही विवाद भएपछि जिल्ल प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा स्थगित गरिएको थियो । त्यसपछि अर्को मिति तय गरिएको थिएन ।

प्रकाशित मिति:     ८ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar