वायुसेवा सञ्चालक संघको अध्यक्षमा पुनः थापा

वायुसेवा सञ्चालक संघको अध्यक्षमा पुनः थापा

काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघको अध्यक्षमा पुनः क्याप्टेन रामेश्वर थापा चयन भएका छन् ।

शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले सिम्रीक एयरका सञ्चालक थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।कार्यसमितिको उपाध्यक्षमा यति एयरलाइन्सबाट अनोज रिमाल, सौर्य एयरलाइन्सका गोपाल भट्टराई, अल्टिच्यूड एयरका निमा नुरु शेर्पा र महासचिवमा समिट एयरका मनोज कार्की निर्वाचित भएका छन् ।

सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी छन् । कार्यसमिति सदस्यहरुमा हेली एभरेष्टका फुरु ग्याल्जे शेर्पा, प्रभु हेलिकप्टरका सुवास अमात्य, श्री एयरलाइन्सका अनिल मानन्धर, गुण एयरलाइन्सका प्रज्वल थापा, कैलास हेलिकप्टरका श्रीहरि कुईकेल र एयर डाइनेष्टिका बालकृष्ण पण्डित रहेका छन् ।

प्रकाशित मिति:     २ पुष २०७८, शुक्रबार  |    Himali Khabar