बरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल न्यू स्पेनको अबैतानिक महावाणिज्यदूत नियुक्त

बरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल न्यू स्पेनको अबैतानिक महावाणिज्यदूत नियुक्त

काठमाडौं । बरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी तेजेन्द्र शर्मा पौडेल गभर्नर अफ आइयुकेएसि न्यून स्पेनको अबैतानिक महावाणिज्यदूत नियुक्त भएका छन् । त्यहाँको सरकारले शर्मालाई महावाणिज्यदूत नियुक्त गरेको हो ।

आगामी दिनमा दुईदेशबीचको पारस्परिक सम्बन्ध विस्तार, व्यापार र पर्यटन प्रबर्द्धनमा काम गर्ने शर्माले बताएका छन् ।

गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष समेत रहेका शर्मा तीन दशकदेखि पर्यटनमा क्रियाशिल छन् । उनी युक्रेनको कन्सुल एवम् मानव तथा सामाजिक सेवामा क्रियाशिल संस्था यूएन पिकेएफसीको बरिष्ठ सल्लाहकार समेत हुन । योबीचमा उनले दर्जनौ स्वदेशी एवम् विदेशी अवार्डहरु समेत पाइसकेका छन् । नेपालको पर्यटन प्रवर्द्धन अझ त्यसमा पनि ग्रामीण पर्यटन प्रबर्द्धनमा उनको योगदान निकै ठुलो छ ।

प्रकाशित मिति:     २६ मंसिर २०७८, आईतवार  |    Himali Khabar