२०२२ को घुम्नलायक देशको सूचीमा नेपाल

२०२२ को घुम्नलायक देशको सूचीमा नेपाल

काठमाडौं । विश्वप्रसिद्ध ट्रेकिङ गाइड पुस्तक प्रकाशक ‘लोनली प्लानेट’ ले हरेक वर्ष घुम्नका लागि सबैभन्दा उपयुक्त गन्तव्य देशको सूची सार्वजनिक गर्दै आएको छ। हालै सार्वजनिक सूचीमा २०२२ मा घुम्नका लागि उपयुक्त देशहरु समावेश गरिएका छन्।

लोनली प्लानेटले नयाँ वर्ष २०२२ का लागि सार्वजनिक गरेको घुम्नु पर्ने देशको सूचीमा पहिलो नम्बरमा कुक आइसल्यान्डस छ।

त्यस्तै दोस्रो नम्बरमा नर्वे रहेको छ। नर्वेपछि मोरिसस्, बेलिज, स्लोभानिया, अंगोला, ओमान छन्। साथै ८ नम्बरमा नेपाल, ९ मा मलावी र दशौंमा इजिप्ट रहेका छन्।

प्रकाशित मिति:     २८ कार्तिक २०७८, आईतवार  |    Himali Khabar