तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

काठमाडौं । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस संक्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो बन्द रहेको उडानलाई सुचारु गर्न लागेको हो ।

यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान सुचारु गर्न लागेको जानकारी दिए

प्रकाशित मिति:     १२ आश्विन २०७८, मंगलवार  |    Himali Khabar