काठमाडौंको कमलादीमा मोक्सी होटल खुल्ने, सन् २०२५ सम्म निर्माण सक्ने लक्ष्य

काठमाडौंको कमलादीमा मोक्सी होटल खुल्ने, सन् २०२५ सम्म निर्माण सक्ने लक्ष्य

काठमाडौं । काठमाडौंको कमलादीमा मोक्सी होटल खुल्ने भएको छ। मोक्सी ब्रान्डको चेन होटल काठमाडौंमा संचालन गर्न म्यारिट इन्टरनेशनल र हिमालय हस्पिटालिटी एन्ड होटलबी एक सम्झौता सम्पन्न भएको छ ।

मोक्सी पनि म्यारियटकै ब्रान्ड हो। यो होटल सन् २०२५ सम्म होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको छ। यो सम्झौताले यस क्षेत्रमा सकारात्मक प्रभाव पर्ने म्यारियट इन्टरनेशनलका एसिया प्रशान्त क्षेत्रीय उपाध्यक्ष निरज गोभिलले बताए । यस्तै एमएस ग्रुपका निर्देशक गौरभ अग्रवालले काठमाडौंमा पहिलोपटक मोक्सी होटल खुल्ने भएसँगै आफूहरुको म्यारियटसँगको साझेदारी अझै बलियो हुने विश्वास व्यक्त गरे।

दुई रोपनी क्षेत्रफलमा बन्ने होटलमा एक सय कोठा हुने जनाइएको छ ।

प्रकाशित मिति:     १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar