उच्च जोखिममा नेपालका २० हिमताल

उच्च जोखिममा नेपालका २० हिमताल

काठमाडौं। अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार नेपालका २० वटा हिमतालहरु विस्फोटको जोखिममा रहेका छन्। जलवायु परिवर्तनका कारण हिमतालहरु विस्फोटको नजिक रहेको जनाइएको हो।

नेपालमा करिब ३२५२ हिमनदी र २३२३ हिमतालहरु छन् । धेरै जसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको इसिमोडले जनाएको छ। विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदीहरु द्रूत गतिमा पग्लिँदै गइरहेका छन्।

नेपालमा सन् १९९७ देखि नै हिमताल विस्फोट भएर क्षति पुर्‍याउँदै आएको छ । त्यसयताको २४ वर्षको अवधिमा २६ वटा हिमताल विस्फोट भएको छ । त्यसमध्ये १४ वटा नेपालभित्रैका हिमताल फुटेका छन् । नेपालले वर्षाैंदेखि प्राकृतिक प्रकोपबाट ठूलो मानवीय र भौतिक क्षति बेहोर्दै आएको छ ।

प्रकाशित मिति:     २३ असार २०७८, बुधबार  |    Himali Khabar