बरिष्ठ पर्यटन व्यवसायी पौडेल यूएन पिकेएफसीको एसिया प्यासेफिकको बरिष्ठ सल्लाहकार मनोनित

बरिष्ठ पर्यटन व्यवसायी पौडेल यूएन पिकेएफसीको एसिया प्यासेफिकको बरिष्ठ सल्लाहकार मनोनित

काठमाडौं । बरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी, गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष तेजेन्द्र शर्मा पौडेल यूएन पिकेएफसी (एसिया प्यासेफिक क्षेत्र) को बरिष्ठ सल्लाहकारमा मनोनित भएका छन् । एसिया प्यासेफिक क्षेत्रको मानव सेवा, सामाजिक विकास एवम् पर्यटन क्षेत्रको विकासमा योग्दान गर्ने उद्धेश्यले उनलाई उक्त संस्थामा मनोनयन गरिएको हो ।

यसको हेडक्वाटर थाइल्याण्डमा रहेको छ।

अध्यक्ष पौडेलले संस्थाको उद्धेश्य अनुरुप यस क्षेत्रको मानव सेवा, सामाजिक विकास एवम् पर्यटन क्षेत्रको विकासका लागि आवश्यक सहकार्य र समन्वय गर्ने बताए ।

उनीसँग पर्यटनको लामो अनुभव छ । यससँगै समाज सेवामा पनि उत्तिकै सक्रिय छन् । उनी एशियन नेपाल होलिडे प्रा.लि., एक्रोस वल्र्ड ट्राभल्स प्रा.लि. र नेपाल भिलेज स्टेका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।

केही साता अघि मात्र उनलाई युक्रेनको राज परिवार तथा इम्प्रेरियर रोयल हाउसले उच्च सम्मान सहित कन्सुल सटिफिकेट प्रदान गरेको थियो ।

प्रकाशित मिति:     २० असार २०७८, आईतवार  |    Himali Khabar